सर्वाधिक राशीको दोहोरी गीत प्रतियोगिताको तयारी पुरा, ४६ समुह आम्नेसाम्ने हुदैं

कास्की | साउन ११, २०७९

सर्वाधिक राशीको दोहोरी गीत प्रतियोगिताको तयारी पुरा, ४६ समुह आम्नेसाम्ने हुदैं

पोखरा :     लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीको अवसरमा पोखरामा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता तयारी पुरा भएको छ । 

 

कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले १२ देखि १४ गतेसम्म पोखरा सभागृहमा आयोजना गर्ने स्रष्टा सम्मान तथा राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक जीवन दाहालले नेपालमा पहिलो पटक आयोजना भएको सर्वाधिक धनराशीको खुल्ला दोहोरी गीत प्रतियोगिताको तयारी पुरा भएको बताउदै  प्रतियोगितामा देशभरबाट ४६ समुहको सहभागिता रहने बताए । 

 

उनका अनुसार उक्त प्रतियोगिताको विजेता जोडीले नगद रु ६ लाख प्राप्त गर्नेछ । यसैगरि द्वित्तिय हुने युगल जोडीले ४ लाख, तृतीय हुनेले २ लाख र सान्तवना  स्थान हाँसिल गर्ने जोडीले १ लाखको हकदार बन्नेछ ।
उनले उत्कृष्ट गायक र गायिकाकालाई जनही ५० हजारले पुरस्कृत गर्ने जानकारी दिदै अनुशासित एक समुहलाई नगद रु ५० हजार प्रदान गरिने बताए ।

 

उनले प्रत्येक समुहलाई प्रतियोगिताबाट नबाहिरिदासम्म दैनिक ३ हजार भत्ताको व्यवस्था गरेको समेत बताए । दाहालका अनुसार एउटा टोलीमा एक पुरुष र एक महिला रहनेछन् ।

 

उक्त प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी रहनेछन् ।

 

स्रष्टा सम्मान छनोट समितिका संयोजक खेम गुुरुङका अनुसार सोही कार्यक्रमकै अवसरमा यसवर्ष स्वर्गीय योगन्द्र बहादुर बस्नेत र कलाकार तथा संगितकार नारायण रायमाझीलाई नगद २५ हजारसहित सम्मान गरिने छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्